१९ असार
गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लामा थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै कुल संक्रमितको संख्या १०६३ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् । नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका एक जना रहेका छन् ।
पर्वत जिल्लामा संक्रमीत हुनेहरुमा पैयू गाउँपालकाका १ जना ३४ बर्षका पुरुष, विहादी गाउँपालिकाका २९ बर्षका पुरुष र फलेवास नगरपालिकाका १८ बर्षका पुरुष रहेका छन् । यो संगै पर्वत जिल्लामा संक्रमीतको कुल संख्या ९१ पुगेको छ ।









