१७ असार

संघीय सांसद ज्ञान कुमारी छन्त्यालको निधन भएको छ । मुटुको रोगबाट ग्रसित उनको काठमाण्डौ गंगालाल ह«दयरोग केन्द्रमा उपचारका क्रममा बुधबार विहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

बाग्लुङकी उनि संघीय संसदको सदस्यमा समानुपातिक तर्फबाट नेपाली काँग्रेस पार्टीबाट मनोनितमा परेकी हुन । केहि दिन संसदबाट नयाँ नक्सा सहितको निशान पारित गर्ने विषयमा बनेको बिधेयकमा मतदान गर्ने कार्यक्रममा अनुपस्थितको सुचिमा रहेकी उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।  छन्त्याल निवर्तमान संविधान सभा सदस्य पनि हुन । उनका  दुई छोरा र दुई छोरी छन ।

प्रतिनिधी सभा सदस्य छन्त्यालको शवलाई आजै  दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने परिवारको तयारी छ ।