१५ असार
काठमाडौं । आज असार १५ अर्थात धान दिवस । यही दिनको अवसर पारेर रोंपाइँ गरि दही च्यूरा खाएर पनि पनि मनाईदैछ । कृषि प्रधान देश भएकाले पनि आजको दिनलाई नेपालीले विशेष चाडको रुपमा मनाउदैं आएका छन् ।
तर यस वर्ष विषम परिस्थितीका कारण यो दिवश धुमधाम तथा भिडभाड नगरि सतर्कतापुर्वक मनाउन सरकारले समेत आग्रह गरेको छ । कृषि अनुसन्धान परिषदको परिसरमा भौतिक दुरी कायम राखी आज धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।









