११ असार
पोखरा । स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयुमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११:३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । बिहिबार बिहान थप ११ जनामा कोरोना पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ जना पुगेको छ ।









