७ असार
महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका–१२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयको आइसोलेसनमा रहेका ३२ जनासंक्रमित भागेका छन् ।

वडा नं ५ मा रहेको क्वारेन्टिनमा रहेका उनीहरुमा शुक्रवार कोरोना परीक्षण पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राख्ने भनेर शिद्धनाथ आधारभूत बिद्यालयमा ल्याईएको परशुराम ईप्रकाका ईन्चार्ज इन्स्पेक्टर जनकबहादुर मल्लले बताए ।

शनिबार दिनभरि आफूहरुलाई भोकै राखेको र अन्य कोरोना पोजेटिभ गाँउमा नै बसेकोले आफूहरु भागेको नाम नबताउने शर्तमा बर्ष २३ का एक युवकले बताए ।

वडा नं ५ कि कोरोना पोजेटिभ महिलाले आईसोलेसनमा जान आनाकानी गरेपछि उनलाई घरमै राखेको बिरोधमा आफूहरु आईसोलेसनबाट निस्केको उनको भनाई छ । आफूहरु सुरक्षामा रहेका प्रहरीहरुकै अगाडिबाट भागेर गएको उनले बताएका छन् ।

थप सुरक्षा लगेर सबै जनालाई फर्काउन आफू हिंडिसकेकोे इन्स्पेक्टर मल्लले बताए । यो समचार पाथीभरापोष्टमा प्रकाशित गरिएको छ ।