४ असार
पर्वत। पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौ र चितवन पठाएको स्वावको प्रयोगशालामा भएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका निमित्त मे सु डा शिशिर देवकोटाले जानकारी दिनू भयो । संक्रमितहरुमा फलेवास नगरपालिका वडा नं। २ थापाठानाका २ जना, कुश्मा नगरपालिका वडा नं। १२ ठुलि पोखरीका १ जना,१३ खौलालाकूरीका १ जना र मोदी गाउँपालिकाका वडा नं ६ तिलाहारका १ जना रहेका छन् ।
उनिहरु वन्दनाहोटल र शिवालय मा वि को करेन्टिनमा रहेका थिए । संक्रमित ५ जनालाई गुप्तेश्रर क्याम्पसमा रहेको कोरना अस्पतालमा भर्ना गर्ने तयारी भएको छ ।
यो सँगै पर्वतमा संक्रमितको संख्या ३४ पुगेको छ । हिजो मात्र पर्वतमा फलेवास नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको थियो ।