१ असार
पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिना संगै पर्वतबाट निर्वाचित प्रतिनिधीसभका सदस्य पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल लगायतले आइतबार दिउँसो स्थलगत अवलोकन गर्नुभएको हो । पहिरोमा परि आठ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन्।
त्यसै गरि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी, नेपाली कांग्रेसका पाटी सभापती खिम प्रसाद भूषाल,कूश्मा नगरका नगर प्रमूख रामचन्द्र जोशी,उपप्रमूख सीता कापले लामिछाने लगायतले पनि स्थालगत अवलोकन गर्नु भएको छ । त्यसै गरि जलजला गाउंपालिका अध्यक्ष यम वहादूर मल्ल (रामकृष्ण ) नेपाली कांग्रेसका पूर्व पाटी सभापती नवराज गूरुङ्ग लगायत दर्जनौ नेता घटनास्थाल पूगेका थिए ।
अध्यक्ष तिमिल्सिना सहितको टोलीले घटनास्थतलको अवलोकन गर्नुका साथै मृतक परिवार तथा प्रभावित स्थानीयलाई भेटेर सान्तवना व्यक्त गर्नुभएको थियो।

सो क्रममा अध्यक्ष तिमिल्सिनाले पहिरोबाट जोखिममा परेको वरपरको बस्तीको स्थानान्तरणमा तथा संरक्षणमा तदारुकताका साथ काम गर्न तीन तहका सरकारलाई आग्रह गर्नुभयो।

कुश्मा नगर प्रमूख रामचन्द्रजोशीले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफू यस यस दुखमा साथ रहको वताउदै कूश्मा नगरले गर्नुपर्ने सहयोगका लागी कूनै कसरवांकी नराख्ने वताउनू भयो । तत्काल राहात र उद्धारका लागी सवै निकाय संग समन्वय गरि कार्य गर्ने वताउनू भयो । वस्ती स्थान्तरण र मृतकको परिवारलाई गर्नुपर्ने आर्थिक सहयोगका लागी प्यकेजमा सहयोग गर्ने वताउनू भयो ।
उक्त घटनास्थलमा प्रमूख जिल्ला अधिकारी सम्भू प्रसाद रेग्मी लगायतको सुरक्षा टालीले अनूगमन गरि तत्काल राहातका लागी प्रति तुल वहादूरको परिवारलाई १ लाख र कमला वि क को परियारलाई पचास हजार नगद हस्तान्तरण गर्नुभयो । त्यसै गरि गण्डकी प्रदेश सरकारको तर्फवाट मृतक प्रति सदस्य ५० हजारका दरले ४ लाख राहात वितरण गरिएको छ ।