सांकेतिक तस्विर

३१ जेठ
पर्वत ।पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा आज भएको बर्षा पछि गएको भिषण पहिरोले क्म्तीमा २ घर बगाएको छ । शनिबार साँझ परेको अबिरल बर्षाका कारण आएको पहिरोले काफलचौरमा कम्तिमा दुई वटा घर बगाएको हो ।
धेरै मानिसहरु सम्पर्क बिहिन भएका छन । घटनाका बारेमा थप जानकारी उपलब्ध हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ लागेको पर्वत जिल्लाका प्रमूख जिल्ला अधिकारी सम्भू प्रसाद रेग्मीले जानकारी दिनूभयो । नेपाली सेना, शसस्त्र प्रहरी समेत घटनास्थल तर्फ हिडेको जानकारी प्राप्त भएको छ । अपुष्ट खवर अनूसार २ वटा घरका कम्तिमा ९ जना हराएको जानकारी प्राप्त भएको छ । विस्तृत विवरण आउन वांकी………