३१ जेठ
नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु रौतहटका ९२ जना सुर्खेतका ४० जना, दैलेखका ३० जना, कपिलवस्तुका २५ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना र सर्लाहीका १३ जना, पर्साका ६ जना बर्दियाका ६जना, झापाका ५ जना, रुपन्देहीमाका ५ जना, मोरङका ४ जना, पर्वतका ४ जना, दाङका २ जना, र गुल्मीका २ जना, महोत्तरीका १ जना, बाराका १ जना र नवलपरासीका १ जना रहेका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ५३३५ पुगेको छ ।









