१८ जेठ
नेपालमा थप एक सय ६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । थप एक जनाले कोरोना जितेर घर फर्किएसँगै निको हुनेको संख्या २ सय २०पुगेको छ ।
नेपालमा ५३ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराको जिल्ला अस्पतालमा दुई वर्षीया बालिका र दैलेखको दुल्लुमा दुईजनाको कोरोना भाइरसको कारण मृत्यु भएसँगै संक्रमितको संख्या ८ पुगेको हो । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।
उनलाई १५ गते अस्पताल भर्ना गरेर उपचार गरिएको थियो । रयस्तै दैलेखको दुल्लु नगरपालिका वडा नं.७ मा विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा ३५ वर्षीय युवकको मृत्यु भएको थियो । उनीहरु दुबैको कोरोनाका कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।









