१५ जेठ
पर्वत। पर्वत जिल्लामा एक वर्षको वसाई पश्चात सरुवा भएर चितवन जिल्ला प्रशासन कार्यालयमा जान लाग्नू भएकी प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पत्रकार भेटघाट मार्फत आफूले गरेका काम सार्वाजनक गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयका सेवाहरुलाई छिटो छरितो, चुस्त र दुरुस्त बनाउन गरिएका प्रयासहरु, जिल्लाका सरकारी कार्यालयहरुमा सुशासन र पारदर्शिताका लागि गरिएका कामहरु, जिल्लामा संचालित विकास निर्माणका कामहरु र पछिल्लो समय नोबेल कोरोना भाईरस (कोभिड १९) बाट हालसम्म जिल्लालाई सुरक्षित राख्नका लागि गरिएका पहल र प्रयासमा बारेमा जानकारी दिनुभएको थियो ।
पर्वतमा अहिलेसम्म १ जना पनि कोरोना पोजेटिभ नदेखिनु सुखद पक्ष भएको बताउँदै जिल्ला कमाण्ड पोष्ट र सुरक्षा समितिले गरेका निणर्यहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिन सके जिल्लालाई नै सुरक्षित राख्न सकिने बताउनुभयो ।
उहाँले आफ्नो एक वर्षको अवधिमा कार्यालयको सेवा प्रवाहमा प्रभावकारी रुपमा परिवर्तन गरेको दावी गर्दै प्रशासनका सवै डकुमेन्टहरुलाई अभिलेखका रुपमा व्यवस्थापन गरिएको बताउनुभयो ।
प्रशासनमा आउने सेवाग्राहीहरुलाई टोकन प्रणाली लागु गरिएको छ । त्यस्तै क्राईम म्याप, विपद म्याप समेत तयार गरिएको छ भने कालीगण्डकी नदिको गायब रहेको जग्गा खोजीमा समेत उल्लेख्य सफलता प्राप्त भएको उहाँको भनाई छ ।
जिल्लाका ठुला तथा साना विकास निर्माणका योजनाहरुलाई समेत सुचारु गरिएको छ । समग्रमा आफ्नो कार्यकाल सफल भएको उहाँको भनाई रहेको छ ।
पर्वत जिल्लामामा कार्य गर्दा आफूलाई धेरै सिकाई भएको वताउनू भयो । स्थानियत पालिकाहरुसंगको समन्वयमा विकास निर्माणका कार्यलाई सूचारुरुपले संचालन गरिएको पनि वताउनू भयो ।
प्रजिअ नेपालल आफ्ना एक वर्ष पर्वत वसाईको क्रममा सहयोग समन्वय गर्ने राजनैतिक दल,नागरिक समाज,उद्योगी व्यपारी,संचारकर्मी सवैलाई धन्यवाद समेत दिनुभएको छ ।
यसै विच हिजो प्रमूख जिल्ला अधिकारीको विभिन्न संघसंस्थाले विदाई गरेका छन् । पर्वत उद्योग बाणिज्य संघ, भ्रष्टाचार विरुद्ध नागरिक निगरानी समुह पर्वत, कर्मचारी मिलन केन्द्र पर्वत, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पतालका चिकित्सकहरु लगायतले छुट्टाछुट्टै कार्यक्रम गरी विदाई गरेका हुन् ।









