१४ जेठ

पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले नोबेल कोरोना भाईरसको महामहारी पर्वतमा फैलन नदिनका लागि पर्वतमा क्रियाशिल जिल्ला कमाण्ड पोष्ट र स्थानीय तहहरुलाई विभिन्न सुझावहरु दिनुभएको छ ।
जोशीले पर्बतमा पनि पछिल्ला एक सातादेखी भारतबाट भित्रिने क्रम शुरु भएको बताउँदै विगतमा भन्दै अ्झै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले अहिले सम्म भित्रिएका ४० जना मध्ये २९ जनामा नेगेटिभ रिपोर्ट आउनु सुखद पक्ष भएको बताउँदै भारतमा लकडाउन लम्बिदै जाँदा पर्बत आउनेको सन्ख्या धेरै बढ्न सक्नेतर्फ आवश्यक तयारी गर्न समेत अनुरोध गर्नुभएको छ ।
उहाँले बिना परीक्षण जिल्ला भित्र्याउँदा कोही एक जना संक्रमित रहेछ भने साथमा आउने सबैलाई संक्रमणको सम्भावना रहन्छ र जिल्लामा अरुलाई पनि संक्रमणको डर हुने भएकाले जिल्ला कमान्ड पोस्ट र सबै नगरर गाउँपालिका प्रमुखहरुलाई आवश्यक तयारीमा जुट्न अनुरोध समेत गर्नुएभएको छ ।

काँग्रेस केन्द्रीय सदस्य जोशीका सुझावहरु यस्ता छन् ।

१– भारतबाट पर्बतमा आउने सबैलाई प्रवेश नाकामै पिसिआर परीक्षण गराएर मात्रै भित्र्याउने व्यवस्था गर्ने
२– परीक्षण गराई आएकालाई अनिबार्य कम्तिमा १४ दिन ब्यबस्थित रुपमा क्वारीन्टिनमा राख्ने ब्यबस्था गर्ने
३ अन्यत्रबाट आएकालाई अनिबार्यरुपमा क्वारीन्टिनमा राख्ने र पिसिआर परीक्षण गर्ने त्यसपछि नेगेटिभ भए १४ दिन क्वारीन्टिनमा राखेर सम्बन्धित नगरगाउँपालिकालाई जिम्मा दिने वा पोजिटिभ भए आइसोलेशनमा राख्ने व्यवस्थापन गर्ने !
४– क्वारीन्टिन नै कोरोना संक्रमण स्थल नबनोस् तसर्थ अनिबार्य मापदण्ड अनुसार बनाउनुपर्ने
५. क्वारीन्टिनको सुरक्षा राम्रो हुनु पर्ने ताकि क्वारीन्टिनमा रहेका कोही संक्रमित रहेछ भने भागेर निस्कने वा वरपर निस्कने स्थिति नरहोस ।
६– काम बिना सरकारी र अन्य गाडीको प्रयोग नियन्त्रण गर्ने !
७ – जरुरी काम बिना कसैलाई पनि बाहिर निस्कन कडाइ गर्ने !
८– कोरोना भाईरस (कोभिड–१९)लाई सामुहिक र समन्वयात्मक अभियानले मात्रै पराजित गर्न सकिन्छ,  एक अर्कालाई जिम्बेवारी पन्छाउने एक्ला एक्लै अगाडि बढ्न खोज्दा परिणाम जिल्लालाई नै सखाप पर्ने हुन सक्छ जिम्बेवारीमा रहनुभएका ब्यक्तिहरु गम्भीर बनौं
९– कोरोनाको जोखिममा हाम्रो जिल्ला पनि पर्न सक्छ ! तसर्थ सबै जिल्लाबासी आमाबुवा दिदिबैनी दाजुभाईहरुमा अनुरोध छ लकडाउन हाम्रै लागि हो यस्को पालना गरौं !
१०– अनाबास्यक रुपमा कोही घरबाट ननिस्कौँ !  घरभित्र रहनु नै अहिलेलाई सुरक्षित हुने सबोत्तम उपाय हो !
११–बहिर मेलापात निस्कन परे दुरी कायम गरौं !
१२– आतंकित नहौँ तर साबधानी अपनाउँ !
१३– कोरोना रोकथाम,उपचार र सुचनाको लागि अग्रमोर्चामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रशासन तथा पत्रकारहरुलाई हौसला प्रदान गरौं !
उहाँले आफुले दिएका सुझावहरुलाई व्यवाहरिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै यो महामारीलाई न्यूनिकरण गर्नका लागि आफु सदैव सक्रिय रुपमा रहने र सम्वन्धित पक्षलाई आवश्यक सहयोग गर्न समेत तयार रहेको बताउनुभएको छ ।