१३ जेठ

पर्वत  । भारतबाट पर्बतमा मंगलबार पनि ६ जना भित्रिएका छन् । रोजगारीको लागि भारत पुगेका उनिहरु स्थानिय प्रशासनको समबन्यमा जिल्ला भित्रिएका हुन ।

मंगलबार भित्रिएका ६ जना र सोमबार आएका ३ जनाको गरी ९ जनाको पिसिआर परिक्षणका लागि स्बाव संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । आज बिहान मात्रै २९ जनाको रिर्पोट नेगेटिभ आएको थियो भने सोमबार पठाएको ७ जनाको रिर्पोट भने आईनसकेको देबकोटाले जानकारी दिए ।

पिसिआर रिर्पोट नेगेटिभ आएका २९ जनालाई भने सम्बन्धीत स्थानिय तहको क्वारेन्टिनमा पठाईएको पनि उनले जानकारी दिए । पिसिआर रिर्पोट आउन बाकि मात्र पर्बतको क्वारेन्टिनमा रहेका छन् । उनीहरु सवैलाई कुश्मा स्थित शिवालय मावि र ब्लु एन्जल होटलको क्वारेन्टाइनमा राखिएको छ ।

भारत र तेस्रो मुलुकबाट उनीहरुको परिक्षण पछि रिर्पोट पोजेटिभ आएमा उपचारका लागि पर्वत कोरोना अस्पतालको आइसोलेसनमा राखिने छ भने रिर्पोट नेगेटिभ आएमा सम्बन्धित वडाको क्वारेन्टाइनमा बस्नका लागि पठाइएनेछ ।