१२ जेठ
पर्बत । कुश्मा नगरपालिका २ रेग्मिथोकका किसानलाई बांदर धपाउने कामले दिन बितेको मात्र छैन बांदरले मान्छेलाई नै झम्टन आएर आतंक मच्चाउन थालेको छ । जस्का कारण किसानहरु चिन्तीत बनेका छन ।
कुश्मा नगरपालिका २ खुर्कोट रेग्मिथोकका जनता बिहान देखी साझ सम्म नै खेतमा र जंगल मै दिन कटाउन परेको बताउछन । रेग्मिथोक टोल सुधार समितीका सह-सचिब नोदराज रेग्मी अनिलका अनुसार बांदरका कारण रातभर जागराम बस्नुपरेको छ । दैनिकजसो बिहान ,दिउसो र रातको समयमा बाँदरले मकै बालीमा पसेर नोक्सान गर्न थालेपछी स्थानीय रातभर जागराम बस्न बाध्य भएको रेग्मिको गुनासो छ ।
यस्तै रेग्मिथोकका यदुनाथ रेग्मि भन्छन वर्षभरी दुख गरेर केहि हुन्छकी भनेर खेती ग-यो कहिले हावाहुरीले विनास गर्छ त कहिले जंगली जनावरले हैरानी पार्छ’ ‘गरिवलाई कहिल्यै राम्रोसंग खान पुग्दैन, लागाएको वालीनै बादरले सखाप पारे पछि केही उपाए छैन। कतावाट कुन समयमा आउँछ थाहै हुन्न’ रेग्मिले दुखेसो गरे ‘भित्र्याउने तयारीमा रहेको मकैवाली बादर लगाएतका जंगलीजनावरले सखाप पार्न थालेपछि कसरी बचाउने, यो वर्ष पनि फेरी भोकमरीले गरीवलाई नै सताउने भयो ।
गाँउमा बांदरले खेतमा मकै रहुनजेल खेतमा भुल्ने र मकै सकिएपछी धान पाक्न थाले लगत्तै धानमा जाने गरेको स्थानीयको भनाई छ । बांदरले दुख दिन थाले पछि अन्य काम नै छोडेर खेत बारीमा धाउन परेको ठाकुर प्र रेग्मि बताउछन। बादर हुलका हुल आउछ एकातिर धपाए अर्को तिर बाट मकै सखाफ पार्छ पालो लाएर बांदर धपाउने हो एक्लै भेटाए मान्छे लाइ नै आक्रमण गर्न सक्छ उनले बताए । यो समयमा बारीमा मकै पाक्ने भएकाले बांदरले बढी दुख दिएको किसानहरु बताउछन ।









