९ जेठ
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको छ । २४ घण्टाको अवधिमा ६ हजार २९ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार ५ हजार ५४७ जना नयाँ संक्रमित बढेका थिए । १४८ जना नयाँ मृतक थपिएका छन् । बुधबार १३२ जना नयाँ मृतक थपिएका थिए । मृतकको संख्या ३ हजार ५८४ पुगेको छ ।
२४ घण्टामा ३ हजार १३१ जनालाई निको भएको छ । निको हुनेको संख्या ४८ हजार ५५३ पुगेको छ । अन्य देशको तुलनामा निको हुनेको संख्या र मृतकको दर कम भएको भए पनि पछिल्ला दिनमा संक्रमित निकै नै बढेका छन् ।
महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा २ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित ४१ हजार ६४२ जना पुगेका छन् । मृतक नयाँ ६४ थपिएर १ हजार ४५४ पुगेका छन् ।
तमिलनाडुमा ७७६ थपिएर १३ हजार ९६७ पुगेका छन् । मृतक ९५ पुगेका छन् । गुजरातमा १२ हजार ५३९ पुग्दा मृतक ७७३ पुगेका छन् ।
दिल्लीमा ५७१ जना थपिएर संक्रमित ११ हजार ६५९ पुगेका छन् । मृतक १९४ पुगेका छन् । राजस्थानमा २१२ नयाँ संक्रमित थपिएर संक्रमित ६ हजार २२७ जना पुगेका छन् । मृतक १५१ पुगेका छन् । मध्यप्रदेशमा २४६ नयाँ संक्रमित थपिएर ५ हजार ९८१ जना पुगेका छन् । मृतक २७१ पुगेका छन् ।









