८ जेठ
पर्वत । पर्वत जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि पुर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका सातै स्थानिय तह संग समन्वय बैठक गरेको छ ।
भारत र तेस्रो मुलुकबाट आगामी दिनमा भित्रने जिल्लाबासीहरुको ब्यबस्थापन र संक्रमण संग जुध्नका लागि पुर्व तयारी गर्न स्थानिय तह संग भचुर्यल र कार्यालयमा नै बैठक गरेको हो । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भर्चुअल बैठक र समन्वय बैठकको कुस्मा नगरपालिकाका प्रमुख सहितका केही जनप्रतिनिधी भने ‘उपस्थित भएनन ।
जिल्ला प्रशासन कार्यालयले सोमबार महाशिला, पैंयु र बिहादी गाउँपालिका संग नयाँ रणनितीका बारेमा भर्चुअल बैठक सम्पन्न गरेको थियो भने मंगलबार जलजला र मोदी गाउँपालिका संग पनि यस्तै बैठक सम्पन्न गरको छ । बुधबार कुस्मा र फलेबास नगरपालिका संग पनि बैठक सम्पन्न भएका छन ।
फलेबास नगरपालिका संग भर्चुअल बैठक गरेको छ भने कुस्मा नगरपालिका संग शुरुमा भर्चुअल बैठककै तयारी भएपनि पछि जिल्ला प्रशासन कार्यालयमै बैठक सम्पन्न भएको हो । बैठकमा अन्य पालिकाका प्रमुख र वडा अध्यक्षहरु भचुर्अल बैठकमा सहभागी भएका थिए भने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने तथा बहुमत वडा अध्यक्षहरु बैठकमा सहभागि भएनन ।
नगर प्रमुख जोशी सहित बहुमत वडा अध्यक्षहरु वैठकमा उपस्थित नभए पनि प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी सहित चार वटा वडाका अध्यक्ष भने बैठकमा सहभागी भएका थिए ।
क्रश्मा नगर प्रमूख जोशीले वैठकमा सहभागी हून धेरै वडा अध्यक्षहरुले अनईच्छा देखाए पछि वैठकमा उपस्थित नभएको तर यसलाई वहिस्कार नै भन्न नमिल्ने वताउनू भयो । कोरोना भाईरस जस्तो महामारी सवै मिलेर परास्त गर्नुपर्ने हून्छ । यस्मा सिडिओसापको समन्वय अझ वढी आवश्यक रहेको वताउनू भयो ।
वडा नं. ११ का वडा अध्यक्ष शिव प्रसाद पौडेलले प्रमुख जिल्ला अधिकारीले अधिकाँश निर्णय आफुखुशी गर्ने, समन्वय गर्दै नगर्ने जनप्रतिनिधीलाई मैले टेर्दिन भन्ने, वडाध्यक्षलाई थुन्दिन सक्छु भन्ने जस्ता अभिव्याक्ति दिने गरेकोले बैठक वहिस्कार गरेको वताउनू भयो ।
उता प्रमुख जिल्ला अधिकारीले भने कूश्मा नगर प्रमूख देखी सवै जनप्रतिनिधि संग सुमधूर सम्वन्ध रहेको र धेरै काम मिलेर गरेको वताउदै वैठक अनुपस्थित वारे कूनै जानकारी नभएको वताउनू भयो । कार्यव्यस्तताकारणले नगर प्रमूख लागयतका जन प्रतिनिधि नआउनूभएको होला भन्ने ठानेको वताउनू भयो ।
सबै पालिकाहरु संगको बैठकमा भारत र तेस्रो मुलुकबाट जिल्लामा भित्रनेहरुको ब्यबस्थापन र संक्रमण फैलन नदिनका साझा रणनिती बनाउन सबै पालिकाहरु सहमत भएका छन। भारत र तेस्रो मुलकबाट आउनेलाई शुरुमा सामुदायिक क्वोरन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा पोजेटिभ देखिएमा आइसोलेसनमा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । पिसिआर परिक्षणमा नेगेटिभ आएपनि क्वारेन्टाईन र होम क्वारेन्टाईनमा निश्चित अबधी सम्म राख्ने निर्णय समेत बैठकले गरेको छ । यस बाहेक संक्रमण बढेर मृत्यु हुने अबस्था आएमा शब ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा समेत सहमति भएको छ ।
कुस्मा नगरपालिका संगको बैठकमा प्रमुख जोशी, उपप्रमुख लामिछाने, वडा नं १,२,४,५,६,९,११,१३ र १४ का वडा अध्यक्ष अनुपस्थित रहेका थिए भने वडा नं ३,७,१० र १२ का वडा अध्यक्ष सहभागी थिए । प्रशासनले कुश्मा नगरपालिकाका सबै जनप्रतिनिधिलाई बैठकमा नबोलाएको भन्दै जनघनत्व बढी भएका बजार क्षेत्रका वडा अध्यक्षलाई मात्र बोलाउन नगरपालिकालाई अनुरोध गरेको जनाएको छ ।









