६ जेठ

सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ घर भई बिराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका संञ्चालक ३३ बर्षीय देवी प्रसाद दुलालको ह/त्या भएको पुष्टी भएको छ । जेष्ठ ४ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएको भनी उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाँदे गर्दा बाटोमा नै निधन भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा दुलालको हत्या भएको आशंकामा अनुसन्धान शुरु गरेको थियो ।

निजको निधन भएको सम्बन्धमा १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गर्दा दुलालको श्रीमतीको योजनामा घटना भएको खुल्न आएको हो । दुलालको संग्लग्न रहेका निजकै श्रीमती मिना श्रेष्ठ दुलाल, विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह र इटहरी उप-महानगरपालिका वडा नं १२ बस्ने २० बर्षीय सोनु साहलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनको निधन भएको राती दुलालकै कोठामा मदिरा सेवन गरेको बसेको उनीहरुले बयानका क्रममा प्रहरीलाई बताएका थिए । श्रीमतीकै योजनामा घटना भएको देखिए पछि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । दुलाललाई सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचे पछि श्रीमतीले घाँटीमा कसेर हरत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । त्यो क्रममा रस्सा कस्सी हुँदा दुलाललाइ शरिरको अन्य भागमा पनि चोट लागेको थियो। उनीसंगै सो दिन राति मदिरा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा मदिरा सेवन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सुतेका बेला घटना भएको भन्दै श्रीमतीले अस्पताल लिएर गएकी थिइन् । एउटै कोठामा सु तेका श्रीमानको यस्तो अवस्था हुँदा पनि थाहा नपाएको बताएपछि र शवको प्रकृति संकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । उनका प्रेमी केही वर्ष देखि दुलालकै औषधी पसलमा काम गर्ने गर्थे ।