३० वैशाख
काठमाडौं । नेपालमा थप १३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको संख्या १३४ पुगेको छ ।
सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालका कुल सङ्क्रमितको सङ्ख्या १३४ पुगेको छ । हिजो एकै दिन २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बिहान १० र दिउँसो एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।
यसै विच कपिलवस्तू जिल्लालाई पूर्णरुपमा शिल गरिएको छ । कोरोना संक्रमित भएका सवै व्यक्तिहरु भारतवाट नेपाल आएका रहेका छन् । प्रदेश नं. ५ कोरोनाको उच्च जोखिममा परेको छ । भारतको नाकामा रहेको कारण पनि कपिलवस्तू जिल्ला झन जोखिममा परेको छ । विश्वमा भारत कोरोना सक्रमणको १२ औ स्थानमा आएको छ । भारतमा सक्रमित दिनानूदिन वढ्नाले पनि नेपाल जोखिममा परेको छ ।