२४ वैशाख
काठमाडौं / रोजगारीका सिलसिलामा खाडीमुलुक साउदी अरब पुगेका एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । (कोभिड १९) भाइरसको संक्रमणबाट इटहरीका लिलामान कटुवालको मृत्यु भएको हो ।
एक बर्ष अगाडी बैदेशिक रोजगारको लागि साउदी गएका इटहरी ५ का ५१ बर्षीय कटुवालको कोरोना संक्रमणबाट मृत्यु भएको बताएको छ ।
उनको ४ दिन अघि साउदीमा मृत्यु भएकाे बताइएकाे छ । काेराेना संक्रमणबाट मुत्यु भएका उनकाे शव नेपाल नआउने भए पछि हिन्दु परम्परा अनुसार काजकिरिया समेत सुरु भएको परिवारले बताएका छन् ।
उनका २ छोरी र एक छोरा छन् । उनका छोराले परम्परा अनुसार काजकिरिया गर्ने छन् । मृतकका परिवारले स्थानीय,प्रदेश र संघिय सरकार सँग सहयोगको माग गरेका छन ।









