२२ वैशाख
सामूदायिक वचत तथा ऋण सहकारीले लकडाउन अवधीको व्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । उक्त अवधिमा किस्ता वूझाउनूपर्ने ऋणीहरुको किस्तामा हर्जना सवै मिनाहा गर्ने पनि निर्णय गरेको छ । वन्दावन्दीको कारणले व्यपार व्यवसाय गर्न नपाएका ऋणीहरुका लागी केहि हद सम्म राहात प्रदान गरेको छ । त्यसै गरि कूश्मा नगरपालिकाको विपद व्यवस्थापन कोरोना कोषमा २१ हजार उपलव्ध गराएको निर्णय अनूमोदन गरेको छ । हिजो वसेको संचालक समितिको वैठकले उक्त निर्णय गरेको संचालक समितिका कोषाध्यक्ष पृथ्वी नारायण शर्माले जानकारी गराउनू भयो ।
चैत्र महिनाको कर्मचारीहरुकालई पूरै तलव उपलव्ध गराउने पनि निर्णय गरको छ । वैशाख महिनाको तलवका सन्दर्भमा सरकारको निर्णयको आधारमा निर्णय गर्ने संचालक समितिका सचिव लिलाधर तिवारीले जानकारी गराउनू भयो । वचतकर्ताको वचत फिर्ताका लागी आवश्यकता अनूसार सहकारी खूलाउने र सामाजिक दूरी कायम गरि सेवा प्रदान गर्ने सहकारीका अध्यक्ष गणेश वहादूर क्षेत्रीले जानकारी गराउनू भयो ।
२०५६ सालमा साविक मुडिकूवा गाविसमा स्थापना भएको सहकारीमा ३२१ जना शेयर सदस्य रहेका छन् । कूल शेयर पूजि ३ कारेड २ लाख ९० रहेको छ भने वचत १ करोड ७२ लाख रहेको छ ।
पर्वत जिल्ला भरी कार्यक्षेत्र रहेको सामूदायिक वचत तथा ऋण सहकारी संस्थाले साना लघुउद्यमी,कृषि, सामूदायिक सेवा पसलहरुमा लगानी गरेको छ । स -साना पूजिंलाई संकलन गरि स -सानो स्केलमा ऋण परिचालन गरेको छ । वचतमा अवधि हेरी ८ देखी १२ प्रतिशत सम्म व्इाज दिने गरेको तथा ऋण लगानीमा १६ प्रतिशत व्याज लिने गरेको सहकारीका व्यवस्थापक उमा केसीले जानकारी गराउनू भयो ।
नेपाल सरकारको निति अनूरुप व्याजदर कायम गरि लागू गर्ने पर्वतको पहिलो सहकारी रहेको छ । सरकाले वन्दावन्दीको अवधिको व्याजमा २ प्रतिशत छुट दिन वित्तिय संस्थाहरुलाई अनूरोध गरेको अवस्थामा यस सहकारीले १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।









