२० वैशाख
काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा लागेकाे अागलागीबाट सात घर जलेका छन् ।
शुक्रबार राति पाैने ११ बजेबाट लागेको आगलागीले फुङ्लिङ नगरपालिका-५ का पाँच वटा कच्ची घर पूरै जलेका नगर उप-प्रमुख बमबहादुर भट्टराईले बताए ।
दुई वटा पक्की घरका सबै सामान जलेर नष्ट भएका र घरमा समेत धेरै नै क्षति पुगेकाे उनले बताए । आगलागी लगभग नियन्त्रणमा आइसकेकाे बताउँदै भट्टराईले मानवीय क्षति भने नभएकाे जानकारी दिए ।
अागलागीकाे कारण पत्ता लाग्न नसकेकाे बताउँदै उनले भने- ‘सामन भण्डारीको सानाे होटलबाट आगो लाग्न सुरु गरेकाे अनुमान छ, सँगै कच्ची घर रहेकाले फैलियाे, तर यकिन भएकाे छैन ।’
विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको पनि उनले बताए । नगरपालिकाको एउटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे उनले जानकारी दिए ।









