१९ वैशाख
पर्वत । कोरोना अस्पतालको आइसोलेसन वार्डमा रहेका ५ जनाको ‘थ्रोड’ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको पैयुँ गाउँपालिकाका ५ जनालाई आइसोलेसनमा भर्ना गरिएको र उनीहरुमा कोरोना संक्रमण नभेटिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना गरीएका ५ जना बैशाख १४ गते गाउँपालिका प्रवेश गरेका थिए । भर्ना भएका ५ जनामध्ये चार पुरुष र एक महिला रहेका छन् । उनीहरु पैयुँ गाउँपालिका वडा नम्बर ३ र ५ का बासिन्दा हुन । पैयुँ गाउँपालिका वडा नम्बर ३ बेउलीबासका २३ र २९ वर्षीय पुरुष तथा २७ बर्षिय महिला रहेका छन् भने वडा नम्बर ५ चिसापानीका एक २२ र अर्का २० वर्षीय पुरुष रहेका छन् ।









