१९ वैशाख
पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले जिल्ला अस्पताल पर्वतलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई मध्येनजर गरी पिपिई सहयोग गरेको हो । समाजले उच्च स्तरको १२ थान र मध्यम खालको २० थान गरि ३२ थान पिपिई सहयोग गरेको छ ।

संस्थाले एक लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री दिने निर्णय अनुसार उक्त स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमपूर्ण अवस्थामा प्रवासमा आफै कोरोनाको चपेटामा परेको अवस्थामा जन्मभूमिप्रति सानो भएपनि सहयोग गरौँ भन्ने हेतुले पिपिई सामग्री सहयोग गिरीले बताउनु भयो । साथै उहाँले विपदको बेला अन्तराष्ट्रिय पर्वत समाज सँधै जिल्लावासीको साथमा रहेको जिकिर गदै आगामी दिनमा पनि सहयोग गदै जाने बताउनु भयो ।
उक्त स्वास्थ्य सामग्री समाजका संरक्षक गोविन्द सुवेदी र समाजका कानुनी सल्लाहकार केशवराज पुरी लगायतको टोलीले जिल्ला अस्पाताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सामग्री आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
त्यसै गरि पर्वत सेवा समाज जापानले पर्वतका ७ वटै स्थानिय तहका लागी ३/३ सेटका दरले २१ थान पिपिई हस्तान्तरण गरेको छ । पर्वत जिल्ला अस्पताललाई ७ थान उपलव्ध गराएको छ । कूश्मा नगरप्रमूख रामचन्द्र जोशीलाई लुम्वीनी वुद्ध फाउण्डेशनका उपाध्यक्ष तथा अन्तराष्ट्रिय पर्वत समाज संरक्षक गोविन्द सुवेदीले उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा वोल्दै सूवेदीले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको विशेष पहलमा पर्वत सेवा समाज जापानले सहयोग गरेको जानकारी गराउनू भयो । नगर प्रमूख जोशीले पिपिइ सामग्री उपलव्ध गराएकोमा पर्वत सेवा समाज जापानलाई धन्यवाद दिनूभएको थियो ।
कार्यक्रममा संघिय साँसद सुर्य पाठक, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराई, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक श्यामु अर्याल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।