१६ वैशाख
काठमाडौँ । नेपालमा दैनिक जसो नै कोरोना संक्रमण देखिन थालेको छ । पछिल्ला केही दिनमा प्त्येक दिन वा एक दिन विराएर संक्रमण देखिन थालेको छ । तर पनि सरकारले संक्रमण भने नियन्त्रणमा रहेको जनाएको छ ।
आज मात्रै थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यसअघि आइतवार तीन जनामा देखिएको थियो । त्यसको अघिल्लो दिनमा पनि संक्रमण फेला परेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भेटिएका २४ र ३५ बर्षका दुई भारतीय पुरुष रहेका छन् । सीमा नाकाबाट नेपाल छिरेका उनीहरु क्वारेन्टाइनमा रहेका थिए ।
यि दुई जनासँगै नेपालका कोरोना संक्रमण देखिएका ५४ जना पुगेको मन्त्रालयले जनाएको छ । यि मध्ये १६ जना उपचारपछि घर फर्की सकेकाका छन् । बाँकी ३८ जनाको देशका विभिन्न अस्पतालमा उपचार भैरहेको मन्त्रालयका डा विकास देवकोटाले बताए ।
हालसम्म प्रयोगशाला परिक्षण ५४ हजार ८२६ कुल परिक्षण भएको जनाइएको छ । जसमध्ये १० हजार ८०७ पिसिआर परिक्षण तथा ४४ हजार १९ आरटिडी परिक्षण रहेका छन् । गत चौबिस घण्टामा मात्र ९ हजार १९३ परिक्षण भएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइमा २२ हजार ९९ जना रहेका छन् ।









