१६ बैशाख
कुश्मा -९ पर्बत
अजय लामिछाने

साझ पख खोलाको किनार किनार हिदै थिए पानी को एकनास को आबाज सल्ला हरु हाबा ले सुसाएको अनि तिम्रो याद र कोहिली को कु हु कुहु चरा हरु को चिरवीर आबज गुन्जिरहेको थियो ।। लकडाउन को कारण सबै आगमन बन्द थियो।

तिम्रो त्यो हसिलो मुहार,तिम्रो त्यो स्वर,अनि मुस्कान संगैका ती तिम्रो मुखमा दिमपल पर्ने गाला आज म अतितको यादमा दुबेको बेला धेरै सम्झना आयो।तिमिले भनने गर्थेउ जब म मायाको कुरा गरर्थे मायाको कुरा नगर मेरो मुटु कमजोर छ ।मलाई जे पनि हुन सक्छ तेहि तिम्रो खुसीका लागि मायाका कुरा गरिन तर आज तिमले भोग्ने पिडा म भोग्दै छु पिरिए ।हलपल हरेक कुरामा तिमीलाई देख्दै छु।सायद तिम्रा पनि केही समस्य होला तर के गर्नु मेरो मनले तिमिलाइ मात्र खोज्छ।सायद तिमी सानो सानो कुरामा रिसाउदा फकाउने म आज आफुले आफै लाई समालन सकेका छैन ।त्यसै तिम्रो त्यो यादमा तिम्रा ती तस्बिरको सायताले बाची रहेको छु।

त्यो माया पाउन कोसिस गरे जुन जुन आफ्नो किस्मत मै थिएन ।यहाँ दुनिया आफू ले बुझ्नु भन्दा बुझाएर जाने हरु को माझ मा रहेछु तर कसको पर्खाइमा ….

मुस्कुराउदै जिस्काउदै रिसाउदै बोलेका ती तिम्रा त्योते बोली रुपि शब्द हरु अझै पनि गुन्जिरहन्छन ।अतीत त बनि सके दिनहरु तर पनि पर्खिरहेको छु……याद सगै जिबनलाई प्रगतिशील बनाउने छु ।

तिम्रा कुरा सबै मनना बिज्ने थिए ती कुरा गरेर गलत गर्यो त्यसैले आज आफ्नो मन आफै सङ नभको अनुभुती भको छ। समय सापेक्ष तिमिलाइ सबै याद आउने छ म तिम्रो बाटो कुरेको हुनेछु।

आज पनि तिमिलाइ नै कुरि रहेको छु।तिम्रो प्रतीक्षामा छु कि कुनै दिन तिमी पनि मेरो लागि
केही अनुभव संगाले मलाइ साथ् दिने छौ।आशा आशा र धेरै अनावश्यक पिडा खेपी यो मनलाई सामालेको छु।तिम संग मेसेजजमा कति झुट रहेछ पढछु अनि हास्छु तिम्रा गर्ने ती कुरा सम्झ्दा आफै ख्यालमा दुबेको हुन्छु।तिम्रो खुसि को निम्ति आज आफ्नै खुसी हरु मनमा नै चिहान बने यादै यादमा गुन्जिरयो लकदाउन आज ३६ दिन हुदा पनि याद तिम्रै र माया…………