कुस्मा-९ चिरञ्जीवी लामिछाने
दिउँसो को 12 बजेको थियो एकान्त बन मा बसेको थिए कोहिली को कु हु कुहु चरा हरु को चिरवीर आबज गुन्जिरहेको थियो ।। लकडाउन को कारण सबै आगमन बन्द थियो ।तर आफ्ना ले आफ्ना परिबार का सदस्य लाई पर्खिरहेका थिए ।
तर तिमिले उसलाइ पर्खिरहेका थियौ तर उसले तिमिलाई कहिलै पर्खिन पाइन। बगिरहेको नदि ले पनि आफ्नो किनारको बगरलाइ पनि बर्खाको भेल कुरिरहेको हुन्छ आफ्नो सितलता र प्यास मेटाउन को निम्ति त्यस्तो परखाइ पनि भएन जिन्दगीमा ….जिन्दगीको यात्रामा अनायासै मा भेटिन्छ्न मान्छेहरु र स्वाभिक रुप मै छुटिन्छ्न पनि ।
त्यो माया पाउन कोसिस गरे जुन जुन आफ्नो किस्मत मै थिएन ।यहाँ दुनिया आफू ले बुझ्नु भन्दा बुझाएर जाने हरु को माझ मा रहेछु तर कसको पर्खाइमा ….
मुस्कुराउदै जिस्काउदै रिसाउदै बोलेका ती तिम्रा त्योते बोली रुपि शब्द हरु अझै पनि गुन्जिरहन्छन ।अतीत त बनि सके दिनहरु तर पनि पर्खिरहेको छु……याद सगै जिबनलाई प्रगतिशील बनाउने छु ।
कति नै सजाय त होला यो मेरो मन भित्र को कारागार मा ती तिम्रा चन्चले याद हरु को …. न पाउने छु न न देखने छु न भुल्ने नै छु तर कस्तो पर्खाइ यो ।।।।
तिमी भन्ने गर्थेउ तिम्रा हर इच्छा पूरा गर्न कोसिर गर्ने छु तर तिम्रो एउटा इच्छा पनि यति मजबुत याद रहेछ । जिन्दगीमा कोहि खुसी भएर रोए कोहि दुख को निम्ति रोए कोहि भरोसामा परेर रोए कोहि भरोसा गरेर रोय कोहि जिन्दगीमा नपाउने हुदा हुँदै आस र याद गरि जिन्दगिको पर्खाइ मा रोए यो कस्तो पर्खाइ …..तिम्रो त्यो सुन्दर रुप दारे दात को मुस्कान चकचके स्वभाव को साथ तिम्रो हिडाइको हास रुपि चाल डोभ स्याम्फु ले नुबाइएको त्यो तिम्रो चिसो कपालको बासना तिम्रो प्रेमले मातिएको साथ झिम झिम पानी चिसो चिसो मौसम साझ मा छाता ओडि चप्पलले छेपाई हुँदै घुमाइ कठारिएका छ्न ती चन्चले भावनाले तड्पिरहेका छ्न तिमिलाइ कहिलै नभेट्ने ती सपना रुपि झिनो आसमा पर्खिरहेको छ्न ..कस्तो पर्खाइ यो ….जस्लाइ भाग्य ले आफ्नो बनाउन दिएन समय ले पताएन जब तिमिलाइ हेर्न मन लाग्छ बाहिर निस्कछु र हेर्न गर्छु केबल पुर्णिामाको दिनको जुन
तिमिले त केबल माया को साथ निभाएकी थियौ बिर्सिएकी होलाउ तर म हरेक सपनि मा देख्ने गर्छु ।मैले त प्रेम गरेको थिए सकिन सक्दिन थाहा छैन कहिले सम्म न भुल्न सक्ने आस नपाउने आस छ नगुमाउने सक्ने आस छ तर यो कस्तो पर्खाइ…