१३ वैशाख
काठमाडौं । लकडाउनको मोडल परिवर्तन गर्नेबारे कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ ।
शनिबार सिहंदरवारमा बसेको समितिको बैठकले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोही अनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल भएको हो ।
त्यसमध्ये अधिकांश सदस्यहरुले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेका थिए ।
धेरै प्रस्तावहरु आएका छन् । लकडाउनलाई यसैगरी निरन्तरता दिने, खुकुलो बनाउने, जोन निर्धारण गर्ने, लगायतका विभिन्न प्रस्तावहरु आए र छलफल भयो । तर प्रस्तावहरुलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय भयो’, समितिका सदस्य समेत रहेका एक मन्त्रीले भने, ‘सिफारिस र प्रस्तावहरु कम्पाइल गरेर मन्त्रिपषिद्मा पठाइएको छ । अन्तिम निर्णय भोली बस्ने मन्त्रिपरिषद्ले नै गर्छ ।’
चैत ११ गतेबाट मुलुकभर लकडाउन घोषणा भएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिँदैछ









