१३ वैशाख
बागलुङ । बागलुङकी पहिलो कोरोना संक्रमित १९ वर्षीया युवतिको शुक्रबार राति डिस्चार्ज भएकी छिन् ।
बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेकी अंशु सापकोटाको पाँचौ र छैठौँ कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आए पछि शुक्रबार राति १० बजे नै उनको डिस्चार्ज गरिएको हो ।
यो सँगै नेपालका कोरोना निको हुने बिरामीको संख्या ११ पुगेको छ। उनको एक महिनादेखि अस्पतालको आइसोलेसन कक्षमा उपचारर भइरहेको थियो। बागलुङ नगरपालिका-४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्।
उनको शुक्रबार राति सवा ८ बजे छैठौँ रिपोर्ट आएको थियो । डिस्चार्ज हुँदै सापकोटाले आफ्नो आत्मबल र डाक्टरको राम्रो हेरचाहले गर्दा आफूले कोरोनालाई जित्न सफल भएको बताईन् ।
उनले रोगसँग लड्नको प्रतिरोधात्म क्षमता बढाउने खानेकुराहरुमा बढी जोड दिएको भन्दै हस्पिटलको बसाईमा डाक्टरहरुको सल्लाह सुझाव र सबैको माया सद्भाव मिलेको बताइन् ।
उनी गत चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।









