८ वैशाख
पर्वत । पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु । पर्वतको फलेवास -३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ ।
हिजो दिउँसो परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षकि कल्पना भुसालको मृत्यु भएको हो । घाइते भइ पर्वत अस्पताल ल्याउदै गर्दा उनको वाटोमा नै मृत्यु भएको प्रहारी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घरमै बसिरहेकी भुषालको चट्याङका कारण मृत्यू भएको हो । उनको एक वच्चा रहेका छन् । उनका श्रीमान रोजगारीको शिलशिलामा भारतको दील्लीमा रहेका छन् ।









