७ वैशाख
काठमाडौँ । नेपालकी दोस्रो कोरोनाभा’इरस संक्र’मित १९ वर्षीया युवती सं’क्रमणमुक्त भएर घर फर्किएकी छिन् । गत चैत ४ गते फ्रान्सबाट कतार हुँद नेपाल आएकी उनमा कोरोनाभा’इरसको संक्र’मण देखिएपछि गत चैत १० देखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थिइन् ।
डिस्चार्ज भएपछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वस्थ बनेर घर फर्कन पाएको खुसी व्यक्त गरिन् । साथै, आफूलाई सामाजिक सञ्जाल तथा समाचारमा ‘क’लंक’ को रुपमा प्रस्तुत गरिएकोमा दुःख व्यक्त गरिन् ।
आफूमा कुनै लक्षण नदेखिएको भए पनि भियतनामको साथीमा लक्षण देखिएको कारण आफूले पनि परीक्षण गराएको र त्यसमा आफू पोजेटिभ पाइएको उनको भनाइ थियो । उनले भनिन्, ‘मलाई सुरुमा धेरै लक्षणहरु थिएन । घर आएको चौथो दिनमा सँगै आएकी भियनामको साथीमा कोभिड–१९ पोजेटिभ भएको थाहा पाएपछि म अस्पतालमा परीक्षण गराउन आएँ । दुई दिनपछि मेरो पनि पोजेटिभ आयो । म पनि नेपालको दोस्रो को’भिड–१९ पोजेटिभ भएँ ।
अस्पताल आएको एक दुई दिनपछि मात्र लक्षण देखिन थालेको उनले बताइन् । उनले आफूलाई श्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, थाकाई लाग्ने र खोकी लाग्ने लक्षणहरु देखिएको जानकारी दिइन् ।
उनले उपचारको क्रममा अस्पतालमा राम्रो सेवा पाएको बताउँदै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् ।









