२७ चैत्र
चीनको वुहानबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एकैदिन ६ हजार ३६९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट कुल ८८ हजार ४०५ जनाको मृत्यु भएको तथ्यांक संकलक वल्र्डवमिटरले उल्लेख गरेको छ । यस भाइरसबाट कुल १५ लाख १३ हजार ३०४ जना संक्रमित भएका छन् भने ३ लाख २९ हजार ७३१ जना निको भएर घर फर्किसकेका छन् ।
यसैबिच पछिल्लो समय तीव्ररुपमा फैलिएको अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३० हजार २७१ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ७३८ पुगेको छ ।
२२ हजार ३५६ जना निको भएर घर फर्केका छन् भने ९ हजार २६५ जना गम्भिर अवस्थामा रहेको वल्र्डवमिटरले जनाएको छ ।









