२४ चैत्र
पाँचथर, अति विपन्न,मजदुरका परिवारलाई फिदिम नगरपालिकाले वडाहरुलाई उपलब्ध गराएको राहात अहिले धमाधम वितरण हुँदैछ ।
यसैक्रममा वडा नम्बर २ ले आईतबार ३६ परिवारलाई राहात वितरण गरेको छ ।
नगरले उपलब्ध गराएको चामाल,तेल,दाल,नुन लगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष सुकपाल तुम्बापोले बताउनुभयो ।
वडाको झयाउपोखरी,ठाँडे,मझिटे,तालखर्क,अरखौले,साम्दिन,बास्बोटे,ओदिन लगायतका स्थानका अति विपन्न परिवारलाई सामाग्री वितरण गरिएको वडा सदस्य नारायण बजगाईले बताउनुभयो ।
नगरले ५० परिवारका लागि उपलब्ध गराएको राहात सामाग्री १४ परिवारलाई सोमबार वितरण गरिने वडा सदस्य रमा पौडेलले बताउनुभयो ।
यस्तै नगरका सवै वडामा राहात सामाग्री पुगिसकेको र धमाधम वितरण भइरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले बताउनुभयो ।
नगरपालिकाले खाद्यान्न,दैनिक उपभोग्य सामाग्री फिदिम १,२ र ४ मा ५० परिवार र बाँकी वडाहरुमा २५ परिवारका दरले वितरण गरिने नगर प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो ।
लक डाउनको समयमा दैनिक मजदुरी गरेर गुजारा गर्ने तथा अति विपन्न परिवारलाई राहात वितरण गरिएको नगरपालिकाले जनाएको छ ।









