१८ चैत्र
पर्वत । अजय लामिछाने । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि गरिएको लक डाउन ९ निशेधाआज्ञा ० को पालना गर्दै कूश्मा नगरपालिका वडा न ९ कटुवाचौपारी साईकल चोक वन्द भएको छ । बिहानै देखि कूनै सवारी साधन चलेका छैनन् । वजार वस्ति पूरै सूनसान भएको छ । अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तु बाहेकका सवै सवारी बन्द भएका छन् ।
जिल्ल प्रशासन कार्यालय पर्वतले पर्वतवासीहरुका लागी अतिआवश्यक काम वाहेक घरवाहिरा ननिस्कन माईकिङ नै गरेको छ । चैत्र १० गते देखी अर्को सूचना नहुने समय सम्मका लागी पर्वतवासीहरुलाई भिडभाड नगर्न,घरमा नै वसेर सहयोग गर्न अनूरोध गरेको छ ।
यसरिनै कुश्मा नगरपालिका वार्ड न ९ ग्यादीका सवै व्यक्तिहरु उक्त महामारी प्रति सचेत रहेको वाडा अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताए । लामिछानेले यो बिपतको घडीमा आफै खटियर बजारमा हुने भिडभाड र विनापास वाला सवारी साधनलाई यस वाडामा प्रवेश निशेध गरिएको जानकारी गराउनू भयो । वडा अध्यक्ष आफै रोडमा बसेर सवारी साधन चलाउनेलाई सचेत वनाएका छन् ।









