८चैत्र
पर्वत । क्षत्री समाज पर्वतका सस्थापक सचिव तथा जग्गादाता होमवहादूर भण्डारीको स्वार्गहरण भएको ७ औ दिनको पुण्यतिथिमा आज क्षत्री समाज पर्वतले श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको हो । आज उहांको निवासमा समाजका पदाधिकारीहरु उपस्थित भएर कार्यक्रम सम्पन्न गरेका हून ।
क्षत्री समाजको जिल्ला शाखाको भवन निर्माणका लागी स्वार्गिय होमवहादूर भण्डारीको परिवारले १३ हात मूहाडा भएको भण्डै ५ आना जग्गा दान गरेका थिए । त्यसै जग्गामा हाल क्षत्री समाज पर्वतको २ तले भवन निर्माण भएको छ । त्यसै भवनवाट क्षत्री समाज पर्वत सवै प्रशासनिक कार्यक्रमरु संचालन भएका छन् ।
उक्त श्रद्धान्जली सभामा क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष तथा पर्वतका संस्थापक अध्यक्ष नरवहादूर कार्कीले स्वर्गिय भण्डारीको समज प्रतिको योगदानको उच्च प्रशंसा गरेका थिए । क्षत्री समजको कार्यालय नहूदा उहांकै घरवाट समाजका कार्यक्रम संचालन गरेको स्मरण गदै क्षत्री समाज भनेपछि हुरुक्कै हुने निडर स्वभिमानी होमवहादूर भण्डारीलाई स्मरण गर्दै स्वार्ग वासको कामना गर्नु भयो । क्षत्री समाज गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष इन्द्रमान खत्रीले धौलागिरी क्षेत्रमा क्षत्री समाजको कार्यालय स्थापनाका लागी पहिलो जग्गा दान गरेर उत्प्रेरणा गर्ने स्वार्गिय भण्डारी अमर रहने वताउनू भयो ।
कार्यक्रममा स्वर्गिय भण्डारीको वैगुण्ठ वासको कामना तस्विरमा माल्यअर्पण गर्दै १ मिने मौन धारण गरिएको थियो ।
पविरको तर्फवाट ज्ञान वहादूर भण्डारीले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यसै गरि आज नै क्षत्री समाजका चन्दादाता तथा समाजसेवी स्वर्गिय पदम वहादूर खत्रीको ७ औ दिनको पुण्य तिथिमा श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । उहाको निवास दुर्लुडचोकमा कार्यक्रम सम्पन्न भएको हो । क्षत्री समजका हरेक गतिविधिमा हातोमाले गर्नुभएका स्वर्गिय पदम वहादूर खत्रीको चैत्र २ गते ७० वर्षको उमेरमा असमायिक निधन भएको थियो ।


उक्त दुईवटै कार्यक्रमको क्षत्री समाज पर्वतका अध्यक्ष कृष्ण वहादूर क्षत्रीको अध्यक्षता र संचालन सचिव गणेश वहादूर क्षत्रीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा क्षत्री समजका सल्लाहकार वसन्त वहादूर सिके,गण्डकी प्रदेश समितिक सदस्य खड्क वहादूर कार्की,समृद्ध वचत तथा ऋण सहकारीका का अध्यक्ष मासिंह भण्डारी,नोपल रेडक्रश जिल्ला शाखा पर्वतका सभापती रुद्र वहादूर रिमाल लगायतको उपस्थिति रहेको थियो ।