४ चैत्र
काठमाडौं । कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने प्रमाणपत्र नल्याई नेपाल आएका ३६ विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति अन्तर्गत सोमबार फर्काइएको हो ।
कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने स्वास्थ्य प्रमाणपत्र नल्याएलाई फर्काउने नीतिअन्तर्गत ३६ विदेशीलाई विमानस्थलबाटै फर्काइएको अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार फिर्ता पठाइएकोमा नेपाली मूलका बेलायती नागरिक स्वर्णिम गुरुङ समेत रहेका छन् । यस्तै भिसा र फर्कने टिकट नभएका विदेशीलाई विमानस्थलमा रहेको ‘डिटेक्सन’कक्षमा राख्ने गरिएको छ । विदेशीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सात दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्छ ।









