२ चैत्र
कुश्मा बजारमा भूकम्पको कडा धक्का महुशुस भएको छ । आईतबार (आज) राती ८ बजेर ४५ मिनेटमा बजारमा भूकम्पको धम्का महशुष भएको हो । रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका कुश्मा बासी बाहिर सडकमा निस्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेमा केन्द्रबिन्दु रहेर ५.० रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार राती ८ः४५ बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्कीको लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले बताए ।
भूकम्पनको धक्का पर्बत सहित कास्की, बाग्लुङ , म्याग्दी, बुटवल, भरतपुरदेखि काठमाडौँसम्ममा पनि महशुष भएको छ ।