२ चैत्र
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो वैवाहिक जीवन कानूनी रुपमा अन्त्य गरेकी छिन् । उषा खड्गी र जीपी तिमिल्सिनाले आधिकारिक रुपमा डिभोर्स गरेको कुरा उषाले फेसबुक मार्फत उल्लेख गरेकी छिन । उनको १७ वर्ष अगाडी सञ्चारकर्मी जिपी तिमिल्सिनासँग विवाह भएको थियो । खड्गीले सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चारकर्मी तिमिल्सिनासँगको १७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन् । जीवनको लामो समय सँगै बिताउँदा पनि आफूमाथि शारीरिक तथा मानिसक यातना नरोकिएकोले आफूले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको खड्गीले बताएकी छिन् । खड्गीले आफुले श्रीमानबाट शाररिक र मानसिक हिँसा निरन्तर भोग्दै आएको र अब यो सहन नसकिने भएकाले गर्दा यो निर्णयमा पुगेको बताएकी छिन ।

प्रेम सम्बन्ध पछि वैवाहिक जीवनमा बाँधिएका उनीहरु बीच केही समय देखि खटपट हुदै आएको थियो । विवाह पुर्व उनीहरु २ वर्ष रिलेशनसिपमा बसेर विवाह गरेका थिए । उनले सन्तानका लागि आफु सदैव लड्ने पनि बताएकी छन् ।
यो तल दिईएको फेसबुकको लिंक मार्फत उनले भनेको सुन्न सकिन्छ ।
https://www.facebook.com/usha.khadgi