२८ फागुन
पर्बत, कुश्मा,अजय लामिछाने। कुश्मा नगरपालिका वार्ड न ९ मा लामो समय देखि संचालनमा रहेको बि पि केबल नेट्वोर्क प्रा लि द्वारा संचालित पोखरा ईन्टरनेटले सुलभ दर रेटमा ईन्टरनेट उपलव्ध गराएको दावी गरेको छ । केबल पुगेको स्थानमा ईन्टरनेट उपलब्ध गराएको जनाएको छ । ईन्टरनेटमा केबल टि भि समेत उपलब्ध गराई सेवा पुयाएको छ ।
ईन्टरनेट सेवाका ईन्चार्ज किशोर लामिछानेका अनुसार हाल १२० घरधुरीमा सेवा दिएको वताएका छन् । आगामी बर्ष अझ धेरै सेवा सुबिधा सहित ईन्टरनेटको पहुँच नपुगेको स्थानमा पनि बिस्तर गर्ने बताए ।
उनले मासीक १ हजार २ सयमा १५ एमपिएच सेवा दिएको वताएका छन् । टिभि संगै ईन्टरनेट जडान गर्नेको संख्या थपिएको छ ।
कटुवा चौपारी,पिपलटारीका दुर्गम वस्तिमा समेत ईन्टरनेटको पहूच पुगेको छ । विश्वलाई नै एउटा परिवारमामा वाध्न सफल ईन्टरनेट सेवा दिनानूदिन वढिरहेको कार्यालयले जानएको छ ।









