२५ फागुन
अजय लामिछाने, कूश्मा पर्वत । कूश्मा नगरपालिका वडा नं ९ ज्ञादी र कूश्मा वजार जोड्ने झोलूङ्गे पूलमा मोटर साईकल तार्दा पैदल यात्रूहरुलाई असुविधा भएको छ । कूश्मा वजारमा वारपार गर्दा निकै छोटो सडकको काम गरेको झोलुङ्गे पूलमा पैदल यात्रूहरुका विचमा मोटरसाईकलले असुविधा वनाएको छ । पूलको डिजाईन र स्टिमेटमा मोटरसाईकल तार्ने गरि नवनाईयता पनि छोटो वाटोको रुपमा पूललाई उपयोग गरिएको छ ।
एशिएकै अग्लो पूल भनेर चिनिने पर्वतमा सवैभन्दा पहिले वनेको उक्त पूल वेला वेलामा मर्मत नहूनूले पनि झाडि भरिने,पूलकोवरीपरि फोहोर जम्मा भएर खिया लाग्ने गरेको छ । तेति अग्लो र लामो पूल निर्माण हून्छकी हूदैन भन्ने धेरैको चासो रहेको अवस्थामा निर्माण भएको उक्त झोलुड्गे पूलले कटुवाचौपारी,पिपलटारी लगायतका क्षेत्रका कृषि उपजहरु कूश्मा वजारमा विक्री वितरण गर्न सहज वनाएको छ ।
आन्तरिक पर्यटकको रोजाईमा पनि उक्त झोलुङ्गे पूल परेका कारण पनि धेरै पर्यटकहरु हेर्न आउने गरेका छन् ।

झोलुङ्गे पूलमा पैदल यात्रूलाई असहजता वनाउने भएकाले मोटरसाईकल तार्ने काम नगर्दा राम्रो हूने वडा न. ९ का वडा अध्यक्ष कृष्ण प्रसाद लामिछानेले वताउनू भयो । तार्ने नै पर्ने भएमा व्यवस्थित गरेर हेरालू राखेर मात्र गर्दा राम्रो हुने । कूश्मा खरेहा वाट ज्ञादी जोड्ने पूलमा पदल यात्रू पनि कम हुने भएकाले उक्त पूल वाट वाईक तार्र्दा राम्रो हूने धारणा राख्नू भयो ।
विहान र दिउसको समयमा पूलमा पैदलयात्रूहरु हिडिरहेको अवस्थामा एकै पटक ३,४ वटा मोटरसाईकल तार्दा यात्रूहरुलाई त असुविधा भएकै छ नै त्यो भन्दा वढि पूललाई जिर्ण वनाउने समेत काम गरेको छ ।
झोलुङ्ले पूलमा मोटरसाईकल तार्नेनै भए एक पटकमा एक वटा तार्ने,पूलमा हेरालो राख्ने,न्यूनतम शुल्क लिएर मात्र तार्ने व्यवस्था गर्दा उपयूक्त हूने पूल संरक्षण समितिका अध्यक्ष अध्यक्ष शिव शर्मा पौडेलले वताउनू भयो । जनताले सूविधा लिने हो तर त्यसलाई व्यवस्थापन गरेर मात्र उपयोगमा ल्यउदा दिगो हूने वताउनू भयो ।
कूश्मामा हाल उक्त प्रविधिमा वनेका मुडिकुवा कूश्मा,कूश्मा कैया,खरेहा ज्ञादी, ४ वटा झोलूङ्गे पूल निर्माण भईसकेका छन् । पाङ वाग्लुङ वाङ्गेचौर पूलको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ ।









