२३ फागुन
पर्वत । पर्वतको कुस्माबाट चोरी भएको लु ४ त ५९६२ नम्बरको ट्याक्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । पर्वतको कुस्मा शिबालय चोकमा सञ्चालित हिमालयन हार्डवयरबाट चोरी भएको ट्याक्टर चितवन तर्फ लैजाने क्रममा तनहुँबाट नियन्त्रणमा लिएको हो । फेला परेको न्यु होल्याण्ड ब्राण्डको ट्याक्टर खरिद कर्ता डि,एण्ड ,वि ट्रेडर्सका प्रोपाईटर बैकुण्ठ बराललाई विहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले हस्तान्तरण गरेका थिए।
कुस्मा नगरपालिका ६ शिवालय चोक बस्ने शिव प्रसाद सुवेदीले २२ लाख ६५ हजार मुल्यमा खरिद गरेको ट्याक्टर बान्द्रेबिडीचौर नजिक आफ्नै पसल अगाडि पर्किङ गरिरहेको अबस्थामा फागुन १४ गते रातको समयमा चोरी भएको थियो । अज्ञात ब्याक्तिले चोरी गरी पर्वतबाट चितवन तर्फ लैजाने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियमित राजमार्ग चेकजाँच गर्ने क्रममा ट्याक्टर पक्राउ गरेको हो ।
चेकजांचको क्रममा विलवूक माग्दा विलवुक नभएपछि नियन्त्रणमा लिएको हो । ट्याक्टर चोर्ने व्यक्ति प्रहरीको अगाडी वाटै विलवूक ल्यउछू भन्दै भागेको कारण पक्राउ गर्न नसकेको जनाइएको छ । विलविक ल्याउने प्रतिक्षामा प्रहरी वस्दा ट्याक्टर नै वेवारिसे अवस्थामा सडकमा छाडे पछि चोरीको हूनसक्ने अनुमान प्रहरीले लगाएको हो । जेजसरी भए पनि ट्याक्टर भेटिएकोमा हिमालयन हार्डवयरका संचालक शिव सुवेदीले ट्राफिक प्रहरी कार्यालय तनहूलाई धन्यवाद दिनूभएको छ । तर प्रहरीको आखै अगाडी नै चोरी गर्ने व्यक्ति फरार हूनु दुखत भएको वताउनू भयो ।









