२० फागुन
पर्वत । तँपाईलाई कुस्मा नगरपालिकाले दिने सेवासुबिधा बारेमा थाहा नभएर अन्योलमा हुनुहुन्थ्यो ? वा तँपाई सेवाग्राही भएर जाँदा सेवासुबिधा बारे थाहा नहुँदा समयको वर्वादीमा हुनुहुन्थ्यो ? यही समस्यालाई मध्यनजर गर्दै कुस्मा नगरपालिकाले आज बुधबार यता सेवाग्राही लक्षिता डिजिटल बडापत्र राखेको छ ।
कुस्मा नगरपालिकाले सुरुवात गरेको यो बडा पत्रको प्रमुख प्रसासकीय अधिकृत हरि पगेंनीले उद्घाटन गर्नुभएको छ । उहाँले यो बडापत्र मार्फत नागरीकलाई छिटोछरितो सेवा प्रवाह हुने जानकारी दिनुभएको छ । विगतमा यहाँका सेवाग्राहीहरुलाई कनु शाखा कहाँ ? शाखाले कुन कुन काम गर्छ भन्ने बारेमा सुचना सहित जानकारी गराउनुभयो । यस्तै,कुस्मा नगरपालिकाका आइटी इन्जिनियर राजिब रिमालले अब एक बटन क्लिकको भरमा कुस्मा नगरपालिकाले दिने सेवासुबिधाका बारेमा सवै जानकारी दिनसक्ने ठेकुवा गर्नुभएको छ । उहाँले प्रबिधि र आइटिको युगमा नागरकिलाई नगरपालिका शाखाले सवै सेवादिने बताउनुभएको छ ।

कुस्मा नगरपालिका प्रवेश गेटमा राखिएको यो बडापत्रमा कहाँ कुन काममा सेवा लिने,कुन कुन कागजात चाहिने,कति समय लाग्छ भन्ने सवै पूर्ण जानकारी पाउँन सकिन्छ । यो सँगै सेवाग्राहीहरु कुरुवा कक्षमा बस्दा समाचार,सुचना,ज्ञान बिज्ञान लगायतका जानकारी पाउन सक्छन् । बडापत्रसँगै राखिएको नागरीक सहायता फेलेक्स प्रिन्टले शाखागत जानकारी दिन सक्छ । सोहि आधारमा यसमा सेवाग्राहीले बटन थिचेमा जानकारी पाउँन सकिन्छ । बडापत्रमा शिक्षा शाखा,स्वास्थ्य शाखा,सामाजिक तथा बिकास शाखा,लेखा शाखा,प्राविधिक शाखा,जिन्सि शाखा,राजश्व शाखा,योजना शाखा,पञ्जीकरण उपशाखा,कृषि शाखा,पशु शाखा,सहकारी उपशाखा,नक्सा तथा भवन निमार्ण शाखा,विपत व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापन शाखा सहितका ३० वटा शाखाका काम कर्तव्यका बारेमा जानकारी पाउन सकिन्छ ।