काठमाडौं । चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले पूर्व मूख्यमन्त्रीसमेत रहेका पौडेललाई फिर्ता बोलाएको हो ।
पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन निर्देशनसमेत दिइएको छ । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका कारण पौडेललाई फिर्ता बोलाउने निर्णय गरिएको पनि बुझिएको छ ।
सरकारले पौडेलको स्थानमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई नयाँ राजदूतमा सिफारिस गरेको छ ।









