१८ फागुन
पर्वत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी नेपाली कांग्रेसको केन्द्रिय समिति अन्तर्गत स्थानीय तह समन्वय प्रमुखमा मनोनित भएका छन । कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई स्थानीय तह समन्वय प्रमुखका मनोनित गरेका हुन । पर्वत जिल्लावाट निर्वाचित संविधान सभा सदस्य समेत रहेका जोशीलाई कांग्रेसले स्थानीय विभाग समन्वय प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विभिन्न १३ वटा विभाग गठन गरेको कांग्रेसले पार्टीको विधान बमोजीम केन्द्रिय विभागहरुको टुंगो लगाएको हो । महाधिवेशनको संघारमा रहेको कांग्रेसले ढिलो गरेर विभागको जिम्मेवारी दिएको छ ।
विभागको जिम्मेवारी लिने मध्ये जोशी पर्वत जिल्लाबाट ३ पटकसम्म प्रतिनिधि सभामा प्रत्यक्ष निर्वा्चित सांसद हुन । उनी दुई पटक संविधान सभा र एक पटक आवद्यिक निर्वाचनमा प्रतिनिधि सभामा पर्वत क्षेत्र १ बाट निर्वा्चित भएका थिए ।
उनि लगायत गोपालमान श्रेष्ठ संगठन विभाग ,रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुर मुस्लिम विभाग, आनन्द प्रसाद ढुंगाना वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसिया तराई मधेस समन्वय विभाग, महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारी तरूण विभाग, सीता गुरूङ आदिवासी जनजाति विभाग, गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग, शिवप्रसाद हुमागाइ श्रमिक तथा ट्रेड युनियन विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता ) सुचना, सञ्चार तथा प्रचार विभागमा चयन भएका हुन । पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति शेरबहादुर देउवा द्दारा केन्द्रीय कार्य समितिको आमान्त्रीत सदस्य पदमा कृष्ण किशोर घिमिरे ९दाङ० गोपाल बस्नेत ९झापा ० सुधिर सिवाकोटी ९झापा० मनोहर नारायण श्रेष्ठ ( धनकुटा ) र ध्रुव बाग्ले (तनहुँ )बाट मनोनयन गरीएको हो ।