६ फागुन
पर्बत । पर्बतको को निमार्णधिन पुल भन्दा २५ मिटर तल मंगलबार एक पुरुषको शव फेला परेको छ । मोदी खोलाको बिच भागमा ढुङाको कप्चेरोमा घोप्टो अवस्थामा पुरुषको शव फेला परेको हो ।
मोदी खोलाले बगाएर ल्याएको अवस्थामा ढुङामा अड्कीएर अन्दाजी ५० बर्षिय पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । मंगलबार दिउँसो मलामी गएका मानिसहरुले शव देखेपछि प्रहरीलाई खबर गरे पश्चात घटनास्थलमा गएको प्रहरीले पुरुषको शब फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरिक्षक बिकास थापाका अनुसार जनै लगाएको कपाल र दाह्री फुलेको गहँगोहे बर्णको बाहमण जस्तो देखिने उचाई ५ फिट ८ ईन्च सेतो सर्ट र सेतो भेष्टको पहिरन र बायाँ खुट्टामा मुजा रहेको अबस्थामा पुरुषको शव फेला परेको हो । उक्त पुरुषको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्बतमा राखिएको थापाले जानकारी दिनुभयो ।