५ फागुन
पर्वत । क्षत्री समाज पर्वत र समृद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीका शेयर सदस्य र समाजका सदस्यहरुका विचमा सहकारी प्रशिक्षण तथा वनभोज कार्यक्रम संपन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा १ सय ५० जना भन्दा वढीको सहभागिता रहेको थियो । कूश्मा नगरपालिका वडा नं. ११ सिल्मीफांटमा सम्पन्न कार्यक्रममा क्षत्री समज प्रदेश समितकिा उपाध्यक्ष ईन्द्रमान खत्रीले जातिय सहिष्णूता र आत्मियता विकासका लागी यस कार्यक्रमले सहयोग पुयाउने वताउनू भयो ।

कार्यक्रममा समृद्ध वचत तथा ऋण सहकारीका अध्यक्ष मानसिंह भण्डारी,कानूनी सल्लाहकार चन्द्र वहादूर क्षेत्री,वरिष्ठ उपाध्यक्ष ज्ञान वहादूर भण्डारी,उपाध्यक्षहरु सरस्वती भण्डारी,मिना वानिया थापा लगायतले शुभकामना मन्तव्य राख्नू भएको थियो । कार्यक्रमको उद्धश्य माथी प्रकाश पार्दै क्षत्री समाजका सचिव गणेश वहादूर क्षेत्रीले सहकारीको माध्यमद्धारा क्षत्री दाजूभाईविच आयआर्जनका कार्यक्रम संचालन गर्ने,समाजका गतिविधिले जातिय एकता,भातृत्व र आत्मियता वढाउदै सकरात्मक समाजको विकास गर्नका लागी सहकारी प्रशिक्षण तथा वनभोज कार्यक्रम राखिएको जानकारी दिनूभयो ।

कार्यक्रममा सहभागीहरुका विचमा चम्चामा गूच्चा राखेर दौडने खेल संचालन गरिएको थियो । एक आपसमा रमाईलो गर्दै कार्यक्रम संपन्न गरिएको क्षत्री समाजका उपाध्यक्ष सरस्वती भण्डारीले जानकारी दिनू भयो ।
कार्यक्रममा क्षत्री समाज नेपाल जिल्ला शाखको तर्फवाट दूवै मृगौला पिडित जलजला वडा नं. २ निवासी थल वहादूर वरुवाललाई आर्थिक सहयोग गरिएको थियो । उहांको उपचारका लागी क्षत्री समाज जलजलाले अभियान नै संचालन गरेको छ ।

कार्यक्रमको अध्यक्षता क्षत्री समाज नेपाल पर्वतका अध्यक्ष कृष्ण वहादूर क्षेत्रीले गर्नु भएको थियो भने संचालन सचिव गणेश वहादूर क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा सहभागी भएका पर्वत जिल्ला स्थित सवै पालिकाका समाजका सदस्यहरुले आत्मियता वढाउने यस्ता खालका कार्यक्रम निरन्तर गर्न सूझाव दिएका थिए ।