५ फागुन
काठमाडौं । अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदाइ भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।
यस अघि अदालतले आफ्नो पक्षमा फैसला सुनाएलगत्तै कृष्णबहादुर महरा डिल्ली बजार कारागारतर्फ लागेका थिए । महरालई प्रहरीले नै कारागार लगेको थियो ।









