sf7df8f}F, !* dªl;/ M :j0f{kbs k|fKt g]kfnL v]nf8L t]x|fF} blIf0f PlzofnL v]ns"b k|ltof]lutfcGtu{t ;ftbf]af6f]df a'waf/ ePsf] s/ft] k|ltof]lutfdf :j0f{kbs k|fKt g]kfnL v]nf8L . t:jL/ M /Tg >]i7 /f;;

२१ मंसीर
काठमाडौँ, नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तर्गत आज सातौं दिन । आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला र पुरुष क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलमा शनिबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ ।

महिलातर्फ नेपाल र भारतबीच पोखरा रंगशालामा हुनेछ । यस्तै, पुरुष क्रिकेटमा शनिबार नेपालले बंगलादेशको यू २३ टिमको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ । सुटिङतर्फ आज दुई खेल हुँदै छन् । शनिबार र्यापिड फायर पेस्तोल तर्फ र यस्तै महिला एयर राईफल टिम मिक्सको फाइनल खेल छ ।

त्यस्तै जुडोको खेलको औपचारिक सुरुवात आजै हुँदैछ । तर, प्रतिस्पर्धाहरु भने भोलिबाट शुरु हुनेछ ।

कब्बडीमा आज पुरुषतर्फको विभिन्न चार खेल हुनेछ । जसमा नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भारतसँग खेल्नेछ ।