४ भदौ
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले असार १६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ।
ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल।सम्मा जम्मा ४५ दिनमा तेह्र लाख दस हजार तिन सय बत्तिस रुपया को अबैध निकासी पैठारी गर्ने क्रममा समानहरु पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयमा पठाइएको थियो।
अबैध सर सामान समात्नमा ईप्रकाका बिभिन्न सुरक्षा गस्ती टोली,सिभिल चेकजाच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका हुन् ।
कृष्णनगरका सर्व सधारण जनताहरु लाई बिभिन्न अवैध गतिविधिहरुबाट सचेत र जागरुक बनाउनको लागि कृष्णनगर नगरपालिका,ईलाका प्रहरी कार्यालय कृष्णनगर,पीआरसी नेपाल र अफान्त नेपालको संयुक्त अयोजनामा ईलाकाका बिभिन्न १० स्थानमा लागु औषध दुब्र्यसनी र मानव बेच बिखन तथा ओसार पसार,ब्लतष् च्बननष्लन्रद्यग्ििथष्लन अबmउबष्नल बाल बालिका हरु लाई दूरुपयोग नगरौ,ट्राफिक व्यावस्थापन,बजार व्यबस्थापन तथा सर सफाई व्यबस्थापन कार्यक्रम,शहरी व्यवस्थापन, मानव बेचबिखन नियन्त्रणको लागि क्षमता अभिबृद्धि कार्यक्रम समेत गरेर सचेतना र जागरुक बनाएको पौडेलले जानकारी दिए ।
ईप्रका कृष्णनगरले अपराध अनुसंधान तर्फ उक्त समय देखि यस क्रममा बिभिन्न किसीमका १९ मुद्दामा गरि २४ जना लाई पक्राउ गरि सकेको र ९ जना फरार अभियुक्तको खोजी चलिरहेको पनि ईप्रकाले जनाएको छ।
नेपाल भारत को सीमा क्षेत्रमा कडा सुरक्षा दिदै नेपाल भारत को यस वडा एरियामा पर्ने खुल्ला सीमा नाकाहरुमा थप जनशक्तिको परिचालन अबैध हातहतियार तथा लागु औषध नियन्त्रणका लागि बिशेष अप्रेशन संचालन गरेर सबै प्रहरी कर्मचारीहरुलाई अनुसाशित एंव उच्च मनोबलका साथ डिउटी गर्ने बातावरण बनाइएको,यस क्षेत्रमा बिभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति समुदायहरुको बसोबास रहेकोले सबै धर्म जातजातिका चाड पर्व तिहारको अवसरमा ईप्रका तथा मातहतका कार्यालयले समेत उचित सुरक्षा व्यबस्था मिलाउने गरेको जानकारी ईप्रका कृष्णनगरका प्रहरि निरीक्षक प्रताप पौडेल दिए ।









