३१ साउन
काठमाडौं । नक्कली बैंक ग्यारेन्टीमा फसेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् ।

बैंकिङ कसुरको पक्राउ पूर्जी जारी भएसँगै मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन् ।

 निर्माण व्यवसायी समेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए ।

उनलाई सोमबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । बैंकिङ कसुर जस्तो गम्भीर अभियोगमा मुछिएको र अदालतलाई सहज होस् भनेर मुख्यमन्त्रीले खत्रीलाई पदमुक्त गरेको बताइएको छ ।

यसअघि भने बिहीबारै समय सकिने समयसम्म पनि उनलाई मुक्त नगरिएपछि प्रदेश सरकारको आलोचना हुन थालेको थियो ।

प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयले पाटन उच्च अदालतको औपचरिक पत्र नआएको दावी गरिरहेको थियो ।

तर बेलुकी भने मन्त्री खत्रीलाई पदमुक्त गरिएको हो ।