३० साउन
अजय मिश्र । कपिलवस्तु,कृष्णनगर,कपिलवस्तु जिल्लाको कृष्णनगरमा हिन्दू महिलाहरूको नजिकै आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
उद्योग वाणिज्य संघ कृष्णनगर र होटल तथा रेष्टूरेन्ट व्यवसायी संघ कृष्णनगरको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भयो। शिव प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो । प्रमुख अतिथि संघिय सांसद अभिषेक प्रताप शाह, इंडो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार कौलापुरी, सशस्त्र प्रहरीका डि एस पी सुशील कुमार शाही, दिनेश गुप्ता, रविंद्र गुप्ता, लक्षमण भट्टराई लगायतको उपस्थिति रहेको थियो । । अतिथिहरुले महिलाहरु लाई आउन लागेको तीजको शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा तीज गीतमा उपस्थित महिलाहरु नृत्य प्रस्तुत गरेका थिए ।


नेपालमा हरितालिका तीज धूमधाम का साथ मनाइन्छ। विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन् भने अविवाहित महिलाहरुले योग्य पति पाउं भनि व्रर्त वस्ने
गरेका छन् । उक्त कार्यक्रममा महिलाहरुको उपस्थिति उल्लेख्य रहेको थियो ।समाजसेवी, पत्रकार, स्थानीय, सुरक्षाकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको संचालन लालमणि भूषाल ले गरेका थिए ।